Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैकद्वारा नेपाललाई १७ अर्ब ५५ करोड सहयोग

विश्व बैकद्वारा नेपाललाई १७ अर्ब ५५ करोड सहयोग


काठमाडौं ।
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम स्वीकृत गरेको हो ।

‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो’, नेपाल, श्रीलंका र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले भने । नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजी क्षेत्रको पहुँच पु-याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।

विकासोन्मुख देशहरूको लागि रकम र ज्ञानको सबैभन्दा ठूलो स्रोत विश्व बैंकले विस्तृत र द्रुत कदम चाल्दै विकासोन्मुख देशहरूलाई कोभिड –१९ को स्वास्थ्य, सामाजिक र आर्थिक प्रभावहरूमा प्रतिक्रिया दिन मदत पु-याइरहेको छ । बैंकले १२ अर्ब डलर कम र मध्यम आय भएका देशहरूलाई कोभिड भ्याक्सिनका खोप, कोरोना परीक्षण र उपचारका सामग्रीहरू खरिद गर्न र खोप प्रणालीलाई सुदृढ पार्न मदत गर्ने बताएको छ । विश्व बैंकले एकभन्दा बढी देशहरूलाई स्वास्थ्य प्रणाली सुदृढीकरण, गरिब घरपरिवारलाई सहयोग पु-याउन र सबैभन्दा कठिन प्रभावितहरूलाई जीविकापार्जन र रोजगारी कायम गर्न सहयोगी अवस्था सिर्जना गर्न सहयोग पु-याइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया