Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्कटल्यान्डका नेपालीद्वारा नारायणी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

स्कटल्यान्डका नेपालीद्वारा नारायणी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग


काठमाडौं ।
कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो । डा. प्रधानले सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने बताए ।

कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्यान्ड, नेपाल स्कटल्यान्ड एसोसिएसन, स्कट स्पोट्र्स क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्ट्स एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज कम्युनिटी, नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जीएस आर्ट्स एण्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्ड, नेप्लिज युथ स्कटल्यान्डको संलग्नता रहेको छ । अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्यान्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया