Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक उडान खुला गर्ने तयारी

आन्तरिक उडान खुला गर्ने तयारी


काठमाडौं ।
सरकारले आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । निजी वायुसेवा कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान (आंशिक) खुला भएसँगै आन्तरिक उडान खुला गर्न आग्रह गर्दै आएकोमा सरकार सकारात्मक देखिएको छ । उनीहरुले स्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्दै आन्तरिक उडान खुला गर्न सरोकारावाला मन्त्रालयसमक्ष आग्रह गर्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन पर्खन पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने आन्तरिक उडान खुला गर्नसकेको थिएन । यद्यपि उसले उडान खुला गर्न विषयमा भने छलफललाई निरन्तरता दिँदै आएको थियो ।

स्वास्थ्य मापदण्ड अपनाई आन्तरिक उडान खुला गर्न विषयमा पहल भइरहेकोमा असार १५ देखि आन्तरिक उडान खुला गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षत्रीले निजी वायुसेवा कम्पनीहरुको मागअनुरुप आफूहरुले छलफल अघि बढाएका थियौँ तथा अन्तर्राष्ट्रिय नियमित उडान (आंशिक) खुला भएसँगै आन्तरिक उडान पनि खुला गर्नका लागि निरन्तर पहल गरेको बताए ।

स्वास्थ्य मन्त्रालय तथा कोभिड संकट व्यवस्थापन केन्द्रका निर्णयअनुरुप अघि बढ्नुपर्ने भएकोले मन्त्रालय उनीहरुको निर्देशनको प्रतीक्षामा बसेको थियो । वायुसेवा सञ्चालक संघले भने नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियासमक्ष असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न आग्रह गर्दैै आएका थिए । निषेधाज्ञा थप सहज भएसँगै आन्तरिक उडानका लागि यात्रुहरुलाई सहज हुने हुँदा यसतर्फ मन्त्रालयले ध्यान दिनु समेत आवश्यक छ ।

उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा सहज बनाइएको छ । यसले यात्रुहरु विमानस्थलसम्म पुग्नसक्ने अवस्था सिर्जना भएको छ । संघले भने उडान खुला नहुदाँ यस क्षेत्रमा संलग्न लाखौँ जनशक्ति बेरोजगार बन्नपुगेको बताउँदै आएको छ । त्यस्तै संघले उडान खुला गर्नेबित्तिकै भीड नगर्ने तथा सुरक्षित तरिकाले उडान गर्ने समेत बताउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया