खानेपानीको अवस्था सफट्वेयरबाटै थाहा पाइने
काठमाडौं, माघ ५
खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाहरुको अवस्था, आयोजनाको सूचारु, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताहरुबारे डिजिटल तथ्यांक, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे शुक्रबार मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरसमक्ष जानकारी गराए । एनवास नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका आयोजनाहरुको डिजिटल तथ्यांक, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्यांकी र पाइपलाइनहरुको अवस्था साथै उपभोक्ता समितिहरुबारे विस्तृत जानकारी लगायतका सूचनाहरु दिइने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा. रजित ओझाले जानकारी दिए ।
सफ्टवेयरबारे जानकारी गराउँदै डा. ओझाले भने, ‘कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्यांकी पाइपलाइनहरुको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी खाइरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।’ त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँचबाहिरका उपभोक्ताहरुका लागि पनि सफ्टवेयरमा अनरिच पपुलेसन भनेर राखेको उनले बताए । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसंख्याको तथ्यांक आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ । जसका कारण भोलिका दिनमा योजना छनौट गर्न सजिलो हुनेछ । जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनौट गर्न सजिलो हुनेछ ।
यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुने उनले बताए । सफ्वेयर प्रस्तुति कार्यक्रममा सम्बोधन गर्दै खानेपानीमन्त्री मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताइन् । ‘अधिकांश जनप्रतिनिधिहरुले योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ’, उनले भनिन्, ‘खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ टेक्नोलोजीका माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनौट गर्न सजिलो हुने भएको छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया