Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल चेम्बर अफ कमर्सले बाढी पीडितहरूलाई राहत सामग्री दियो

नेपाल चेम्बर अफ कमर्सले बाढी पीडितहरूलाई राहत सामग्री दियो


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङका बाढीपीडितहरूको लागि राहत सामग्री हस्तान्तरण गरेको छ । हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षति पु¥याई त्यस क्षेत्रका बासिन्दाहरू घरवारविहीन हुनपुगेकाले चेम्बरले सहयोग गरेको हो । साथै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बाढीमा परी असामयिक निधन भएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

चेम्बरले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढीपीडितहरूको लागि राहत सामग्रीको रुपमा त्रिपाल, चामल नुन, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामग्री मनाङको लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढीपीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्षद्वय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया