Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकद्वारा प्रणाली प्रभावकारी बनाउन राष्ट्र बैंकको निर्देशन

एकद्वारा प्रणाली प्रभावकारी बनाउन राष्ट्र बैंकको निर्देशन


काठमाडौं ।
एकद्वार प्रणालीमार्फत कार्य गर्ने, गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । सोमबार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्र बैंक समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

सरकारले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कार्यहरु गर्न, गराउन नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, राष्ट्रियस्तरका विकास बैंकहरु, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच, राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै बैंक तथा फाइनान्स कम्पनीहरु र रेमिट्यान्स कारोबार गर्ने संस्थाहरुले रेमिट्यान्स कारोबारको लागि प्रयोग गर्ने विनिमय दरको सम्बन्धमा बैंकहरुले डकुमेन्ट प्रयोजनको लागि निर्धारण गरेको विनिमय दरबाट फेडान (फरेन एक्सचेन्ज डिर्लस एसोसिएसन नेपालमार्फत राष्ट्र बैंकले विनिमय दर प्रकाशन हुने सम्पूर्ण विदेशी मुद्राहरुको लागि औसत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र दिनको २ बजे रेमिट्यान्स कम्पनीहरुको रेमिट्यान्स कारोबारको लागि विनिमय दरको रुपमा प्रकाशन गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया