Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह

सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह


काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै माग सम्बोधन गरेकोले सरकारले दिएका सुविधाबाट लाभान्वित हुन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

होटल संघ नेपालको सुझावपत्र बुझ्दै उनले बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योगसरहको सुविधा उपलब्ध गराइने उल्लेख गरिएको बताए । कोभिड–१९ का बेला योभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको उनको दाबी थियो । अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरूलाई आग्रह समेत गरे ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट दिने, कोभिड –१९ बाट प्रभावित होटल, ट्रेकिङलगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।

यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराउने, कोभिड–१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउनेलगायत उल्लेख गरिएको छ । होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला संघले दिएको सुझावहरू बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिइन् ।

होटल संघ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नुपर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनुपर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनुपर्नेलगायतका सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया