Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगे’

‘बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगे’


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगेको बताएका छन् । साथै त्यस्ता संस्थाहरूले आफ्नो उचाइविपरीत संकीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उनले आरोप लगाए । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएकाले पनि बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगेको बताए ।

‘परिणामस्वरूप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उनले भने । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गर्ने काम समेत भएको उनको भनाइ छ । ‘कहीँ रीत पु¥याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरूपयोग भयो । आगामी दिनमा यस्ता कुरालाई सम्पूर्णरूपले रोक्नुपर्छ’, उनले भने ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुदजस्ता पाउनैपर्ने हक समेत नपाएको उनको भनाइ थियो । आजका बालबालिकालाई शारीरिक र मानसिकरूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने उनले बताए ।

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने उनको दाबी छ । साथै आवश्यक सबै प्रबन्ध गर्ने र साथमा उनीहरूलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत उनले बताए । यस कार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पूर्वाधारमा पूर्ण सहयोग हुने उनको भनाइ थियो । नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै उनले संगठन अब कमजोरीहरू हटाइ अघि बढने समेत जानकारी दिए ।

साथै फरक प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झाउँदै गएको बताए । सन २०२१ भित्रै सबै नागरिकहरूलाई खोप लगाइने जानकारी दिँदै उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्नसकिने बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया