Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसन्तोषी सुब्बाको हत्या गरेको आरोपमा पक्राउ

सन्तोषी सुब्बाको हत्या गरेको आरोपमा पक्राउ


काठमाडौं ।
काठमाडौं महानगरपालिका–७ बस्ने सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–७ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिरपरिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ कमलाक्षी इनबहालबाट फेला पारी पक्राउ गरेको हो ।

सन्तोषी सुब्बाले असार ६ गते सुरेशसँग खाने र बासको समस्या भएको बताएपश्चात निजले काम गर्ने बसमा उक्त व्यवस्था मिलाइदिन्छु भनी घटनास्थलतर्फ लगी जबर्जस्ती गर्ने क्रममा प्रतिकार गरेपछि सुरेशले घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरेपश्चात् ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, सन्तोषीको मोबाइल, मेमोरी कार्डलगायतका सामानहरू समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया