काठमाडौँ, माघ ६
राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि आज सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन माघ ९ गते बिहीबार हुनेछ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा अगाडि मौन अवधि सुरु हुन्छ । मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको जनाइएको छ ।
मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तत्र्रिmया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइनेछैन । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया