सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपाको निर्णय
काठमाण्डौँ ,माघ ६
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । नेकपाको यो निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
तत्कालीन सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र लामो छलफल भएको थियो । महासचिव पौडेलले बैठकपछि सचिवालयले एक मतका साथ सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपसभामुखका सन्दर्भमा यसभन्दा अगाडिको बैठकले निर्णय गरिसकेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सहयोग गर्नुहुने हाम्रो अपेक्षा छ ।(रासस)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया