Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान कार्यक्रम

ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान कार्यक्रम


काठमाडौं ।
ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी  सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा तथा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको हो ।

समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा ३० ज्येष्ठ नागरिक आठ जना बुहारी र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा मेयर चालिसेले नगरपालिकाका तर्फबाट ज्येष्ठ नागरिक समाजलाई वाद्ययन्त्र पनि हस्तान्तरण गरेका थिए । समाजले संस्कृति संरक्षणको उद्देश्यले आयोजना गर्ने भजन–कीर्तन कार्यक्रमलाई सघाउ पुगोस् भनेर नगरपालिकाले वाद्ययन्त्र उपलब्ध गराएको हो ।

नगरपालिकाले उपलब्ध गराएको वाद्ययन्त्रमा हार्मोनियम, तबला, मादल, खैंजडीलगायत छन् । मेयर चालिसेले समाजका अध्यक्ष अधिकारीलाई ती वाद्ययन्त्र हस्तान्तरण गरेका थिए । मेयर चालिसेले ज्येष्ठ नागरिक समाजका लागि कोठा पनि उपलब्ध गराउने वचन दिएका छन् । ‘नगरपालिकाले ज्येष्ठ नागरिक समाजका लागि उपयुक्त ठाउँमा कोठा उपलब्ध गराउनेछ,’ कार्यक्रममा मेयर चालिसेले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया