Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राजस्व संकलन सन्तोषजनक’

‘राजस्व संकलन सन्तोषजनक’


काठमाडौं ।
राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिले कोभिड–१९ को असरको हालसम्मको अवधिमा राजस्व संकलनमा प्रत्यक्ष असर परेको देखिए पनि समग्रमा राजस्व संकलन सन्तोषजनक नै रहेको जनाएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षता सोमबार बसेको समितिको बैठकले कोभिड–१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने, राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने निर्णय समेत गरेको छ ।

राजस्व संकलनलाई परिणाममुखी बनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर्निकाय समन्वयमा जोड दिने, जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिसमक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने लगायतका निर्णय गरिएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उक्त बैठकमा समितिका सदस्यहरु भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, सशस्त्र प्रहरी बलका नायब–महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, विभागका उपमहानिर्देशकलगायतका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो । बैठकमा विभागका उपमहानिर्देशक शिवलाल तिवारीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा राजस्व चुहावट जोखिमका क्षेत्रहरु, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौतीहरु र अपनाउनुपर्ने रणनीतिहरु, कोभिड–१९ र यसले राजस्व संकलनमा पारेका असरहरु समेटिएको थियो । कार्यपत्रमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णयहरु र कार्यान्वयनको अवस्था साथै जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा समेत छलफल गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया