Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


बाँक ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टीकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई आइतबार पक्राउ गरिएको हो ।

जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर आवश्यक कारबाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया