Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार सेटिङबाट स्यानिटरी प्याडको मूल्य घोषणा गर्दा करोडौंको राजस्व घाटा

भन्सार सेटिङबाट स्यानिटरी प्याडको मूल्य घोषणा गर्दा करोडौंको राजस्व घाटा

नियन्त्रण गर्ने निकाय भने मौन


विराटनगर । सरकारले बजेटमा विद्यालयस्तरका विद्यार्थीलक्षित कार्यक्रम भन्दै एक अर्ब ८७ करोड रकमको बजेट स्यानिटरी प्याड खरिदका लागि विनियोजन गरेपछि उद्योगी तथा व्यवसायीहरूले स्यानिटरी प्याडको आयात गर्दा भन्सारसँगको सेटिङबाट राज्यलाई करोडौँको नोक्सान पु-याएको पाइएको छ ।

चालू आर्थिक वर्ष ०७७/०७८ को गत साउनदेखि माघ महिनासम्ममा विराटनगर भन्सार र वीरगञ्ज भन्सारको मुख्य नाका प्रयोग गरी उद्योगी तथा व्यवसायीहरूले भारतबाट भन्सार मूल्यांकन कम गरी स्यानिटरी प्याड नेपाल भित्र्याएको पाइएको हो । स्थानीय तहहरूबाट स्यानिटरी प्याड खरिदका लागि भन्दै टेन्डर आह्वान हुन थालेपछि स्यानिटरी प्याडको एमआरपीमा उल्लेख गरिएको मूल्यका आधारमा भन्सार मूल्यांकन गर्नुपर्ने अनिवार्य व्यवस्थालाई लत्याउँदै भन्सार सेटिङमा २ रूपैयाँ २५ पैसामा स्यानिटरी प्याडको आयात गरेको समाचारस्रोतले दाबी गरेको छ ।

विषेशगरी वीरगञ्ज औद्योगिक करिडोरका उद्योगी र विराटनगरमा सञ्चालनमा रहेका सेनिटरी प्याड उद्योगहरूले वीरगञ्ज भन्सार नाका र विराटनगर भन्सार नाकाबाट आफूखुसी भन्सार सेटिङको दररेट कायम गरी तयारी स्यानिटरी प्याड आयात गर्ने गरेको रहस्य खुल्न पुगेको हो ।

तयारी सेनिटरी प्याड विदेशबाट आयात गर्दा प्रतिगोटा भन्सार दर चारदेखि छ रूपैयाँको राजस्व सरकारले तोकेको छ । तर भन्सार सेटिङ भएपछि दुर्य रूपैयाँ २५ पैसादेखि तीन रूपैयाँ २७ पैसा प्रतिगोटा कायम गरी धमाधम आयात हुन थालेपछि भन्सार सेटिङको सञ्जाल सार्वजनिक भएको हो ।

चालू आर्थिक वर्षको माघ महिनायता पनि यही भन्सार दरबन्दीलाई पक्रिएर विराटनगर भन्सार र वीरगञ्ज भन्सार प्रयोग गरी उद्योगी तथा व्यवसायीहरूले धमाधम स्यानिटरी प्याडको आयात गर्नेगरेको रहस्य बाहिरिएको हो ।

नेपालमा भारत र चीनबाट तयार गरिएका स्यानिटरी प्याड भित्रिने गरेको व्यवसायीको भनाइ रहेको छ । तयारी सामग्रीलाई नै आयात गर्दा बढी फाइदा हुने भएपछि उद्योगी तथा व्यवसायीले उत्पादनभन्दा पनि आयातलाई नै प्राथमिकता दिएर आयात गरिरहेको स्रोतको दाबी छ ।

ठूलो परिमाणमा स्यानिटरी प्याड आयात गर्दै आएका जस्मीन हाइजीन, युनाइटेड डिष्टिुब्युटर्स, नेपाल ओभरसीज मार्केटिङ कम्पनी प्राली, एनीटाइम हाइजीन प्रालि, सोफटी हाइजीन प्रालि, एलिसा ट्रेड इन्टरनेशनल, एमएस वर्ल्ड प्रालि, र भाटभटेनी सुपर मार्केटले मात्र स्यानिटरी प्याड आयात गर्दा चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारलाई करोडौंको राजस्व नोक्सानी पु-याएको दाबी स्रोतले गरेको छ ।

नेपाल ओभरसिज मार्केटिङ कम्पनीले मेमीपोको प्याक ब्रान्ड नाममा डाइपर आयात गर्दै आएका छ भने एलेक्स ट्रेडलिंक नेसनलले हगिज, युनाइटेड डिस्ट्रिब्युटर नेपालले विस्पर र पेम्पर्स, जस्मिन हाइजिन प्रालिले सेफ्टी र सन्वी ट्रेडर्सले हिमालय ब्रान्डका डाइपर बिक्री गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया