Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेभियर इन्टरनेसनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड

जेभियर इन्टरनेसनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड


काठमाडौं ।
काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदान, अनलाइन शिक्षामा अब्बल भई विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।

क्याम्ब्रिज विश्वविद्यालयको ए लेभलमा विश्व टप तीन पटक, नेपाल टप २७ पटक, वोर्ड टप दुई पटक भई उत्कृष्ट रिजल्ट दिई शैक्षिक गुणस्तर कायम गर्न सफल र उत्कृष्ट पूर्वाधारसहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सीईओ लोक बहादुर भण्डारीले बताए ।

इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन) नामक दुवईको संस्थाले विश्वभरबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ । जेभियर इन्टरनेशनल कलेज कालोपुल यसअघि पनि विभिन्न सन् २०१९ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डमा सम्मानित भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया