Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमले मनायो ६३औं वार्षिकोत्वस

निगमले मनायो ६३औं वार्षिकोत्वस


काठमाडौं ।
नेपाल वायुसेवा निगमले आफ्नो ६३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्वसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले २० वर्षे सेवा अवधि पूरा गरेका चार जना कर्मचारीहरुलाई पदक र सम्मानपत्र प्रदान गरेका थिए ।

निगमको दीर्घसेवा पदक पाउनेहरुमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाल रहेका छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा हार्दिक सह्राहना व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरुमा डटेर योगदान पु-याउने विश्वास व्यक्त गरे ।

विगतमा आर्जन गरेको प्रतिष्ठामा केही धूमिल अवस्था देखिएको भन्दै उनले त्यसका लागि आन्तरिक मात्र नभई बाह्य कारणको पनि भूमिका रहेको उल्लेख गरे । महँगो ब्याजको ऋण, महँगो हवाइ इन्धन र देश प्रतिकूल विमानहरु किन्नुपरेका कारण निगमले दोष बोक्नुपरेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाइ इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए । साथै उनले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको र त्यसमा निगमभित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकतासहित अघि बढन आह्वान गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया