Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाथिल्लो तामाकोशी उत्पादन सुरु, सोमवार उद्घाटन

माथिल्लो तामाकोशी उत्पादन सुरु, सोमवार उद्घाटन


दोलखा । दोलखाको बिगु १ लामाबगरमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सोमबार उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले जानकारी दिए । प्रधानमन्त्रीले उद्घाटन गरेपश्चात् आयोजनाको एक युनिटबाट ७६ मेगावाट विद्युत्को परीक्षण उत्पादन सुरु हुनेछ । आइतबार नै खिम्ती सबस्टेसनदेखि गोंगरसम्मको ४७ दशमलव दुई किलोमिटर लामो विद्युत् प्रसारणलाइन चार्जिङ गर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

२०६७ सालमा मुख्य सिभिल निर्माणकार्यको सुरुवात गरिएको आयोजनाको २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिब ११ वर्षपछि तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन हुनलागेको छ । आयोजनाका अन्य पाँचवटा युनिटबाट विद्युत् उत्पादन गर्नका लागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया