Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमन्त्री साहविरुद्ध ठगी आरोपमा उजुरी

पूर्वमन्त्री साहविरुद्ध ठगी आरोपमा उजुरी


काठमाडौं ।
पूर्वमन्त्री प्रभु साहविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । माओवादी केन्द्रबाट केही समयअघि एमालेमा प्रवेश गरेका मन्त्री साहविरुद्ध क्यानडा पठाइदिन्छु भनेर रकम लिएको र क्यानडा नपठाइदिएको भन्दै काठमाडौ बाँसबारीकी दिपा कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ठगीको आरोपमा उजुरी दिएकी हुन् ।

उजुरीमा उनले भनेकी छिन्, ‘पूर्वमन्त्री साहले विदेश पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिएकोमा र १० लाख रुपैयाँ फिर्ता लिए पनि बाँकी २० लाख रुपैयाँ भने अझै फिर्ता दिएका छैनन् ।’ सोही रकम फिर्ता गराइपाऊँ भन्दै कुँवरले साहविरुद्ध ठगीको आरोपमा उजरी दर्ता गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया