Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडिमप्रसादले पुलिस लगाएर ताला खोल्न खोज्दा निगममा झडप

डिमप्रसादले पुलिस लगाएर ताला खोल्न खोज्दा निगममा झडप


काठमाडौं ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले प्रहरी हस्तक्षेप गराएर कर्मचारी युनियनले लगाएको ताला फोर्न खोज्दा निगम परिसरमा प्रहरी र कर्मचारीबीच मंगलबार झडप भएको छ । सत्ता र शक्तिको दुरुपयोग गरेर महाप्रबन्धक पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा लैजाने प्रक्रिया अगाडि बढाएपछि निगमका युनियनसम्बद्ध तीन संगठनले तालाबन्दी गर्दै महाप्रबन्धक पौडेललगायत निर्देशकहरुलाई निगममा प्रवेश निषेध गरेका छन् तर यसैबीच सोमबार पर्यटन सचिव यादव कोइरालाको उपस्थितिमा अपरेसनका डाइरेक्टर क्याप्टेन दिपु ज्वारचनलाई चार्टर फ्लाइट व्यवस्थापन गर्न सजिलो बनाउन उनको कार्यकक्षमा लागेको ताला खोल्ने सहमति कार्यान्वयनसँगै महाप्रबन्धक पौडेलले प्रहरीको सहयोगमा कार्यालय प्रवेश गर्ने प्रयास गर्दा निगममा मंगलबार दोहोरो झडप हुनपुगेको हो ।

‘बतास कम्पनी, विभिन्न इन्स्योरेन्सलगायतका संस्थामा गलानी गरेका डिम प्रसादको घमण्डका कारण डुबाउने कोसिस भएको यति राम्रो संस्था वायुसेवा निगममा प्रहरी बोलाई लाठी बर्साउने डिम प्रसादको यो कार्यको जति निन्दा गरे पनि पुग्दैन’, आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीले भने, ‘महाप्रबन्धक डिम प्रसादले छापामार शैलीमा कर्मचीहरुलाई थाहै नदिई कम्पनीमा लाने गरेको निर्णय फिर्ता नगरेसम्म हामी १४ सय कर्मचारी निरन्तर आन्दोलनमा हुनेछौँ ।’

कर्मचारी युनियनले निगमलाई आफ्नो फाइदालाई ध्यानमा राखेर अपारदर्शीरुपमा कम्पनीमा बदल्ने प्रयास गरेपछि व्यवस्थापनविरुद्ध संघर्षमा उत्रिँदै गत बिहीबार कार्यकक्षमा नै अवरोध गरेका थिए । तालबन्दी गरेपछि कार्यालयमा छिर्न नपाएका अपरेसन विभागका कामुु निर्देशक क्या. दिपुु ज्वारचनले पर्यटन सचिव कोइरालासँग हारगुहार गरेर मंगलबार तालाबन्दी खुलाई त्यहाँ भएका महत्वपूर्ण कागजात निकालेर लगेका छन् ।

ज्वारचनको कार्यकक्षको ताला खोलेपछि प्रशासनले अन्य एमडीलगायतका उच्चपदस्थ व्यक्तिहरुको कार्यकक्षमा पनि प्रहरी प्रशासन प्रयोग गरी ताला खुलाएको थियो तर लगत्तै महाप्रबन्धक पौडेलको कार्यकक्षमा ताला लगाइएको र बोर्डको कार्यकक्षमा बुधबार ताला लगाइने ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष पन्थीले बताए । युनियनले घेरेपछि आफू पनि निगमलाई कम्पनीमा बदल्ने निर्णयको पक्षमा नरहेको भनी हस्ताक्षर गरेर उम्किएका ज्वारचन निगमलाई कम्पनी मोडलमा लगेर त्यसबापत अतिरिक्त कमाई गर्न खोज्ने गिरोहका सदस्यमध्येका एक हुुन् ।

गत बिहीबार युनियनका कर्मचारीहरुले उनको कार्यकक्षमा नै घेरा हाली यतीको एजेन्ट मूर्दावाद नाराबाजी मात्र गरेका थिएन्न कि उनको कार्यकक्षको ढोका नै तोडफोड समेत गरेका थिए । त्यसपछि उनी कर्मचारी युनियनलाई छल्ने प्रयास गर्दै आएका छन् । यहीबीचमा सोमबार युनियनका प्रतिनिधिलाई पर्यटन सचिव कोइरालाको कार्यकक्षमा बोलाएर चार्टर फ्लाइटहरुलाई असर प¥यो, जहारचनको कार्यकक्षको ताला खोलिदिनुुप¥यो भन्ने बहाना बनाएर ताला खोल्न लगाएका थिए । त्यसपछि कार्यालय छिरेका ज्वारचनले छाप लगायतका महत्वपूर्ण कागजात लिएर निस्किएको थाहा भएको छ ।

सचिव कोइरालाको बोलावटमा मन्त्रालय पुग्दा युनियनका प्रतिनिनिधिसँग सहसचिव बुद्धिसागर लामिछानेसँग ठोलाबाजी समेत भएको थियो । रातभर गोकर्ण रिसोर्टमा गएर धोेकेपछि दिनभरको काम र प्रगतिको विवरण दिने र भोलिपल्ट मन्त्रालयमा आएर त्यहीँको निर्देशनअनुसार गर्ने के पारा हो भनी युनियनका प्रतिनिधिहरुले कुरो समाएपछि ‘म त त्यहाँ एकैछिन मात्र पुुगेको हुँ, त्यस्तो केही गरेको छैन’ भनेर लल्याकलुलुुक भएका थिए । त्यसपछि सचिव कोइरालासँगको वार्तामा ज्वारचनको अफिसको ताला खोल्ने सहमति भएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया