Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न तीन जना पक्राउ

मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न तीन जना पक्राउ


काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जंगलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नांगै देखेपछि उनीहरूलाई पक्राउ गरेको जगाती वृत्तले जनाएको छ । दुई जना भित्र यौन क्रियाकलाप गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा प्रहरीले भेटेको थियो । गाडीभित्र रहेका दुई जना बुधबार पक्राउ परेका थिए भने बाहिर रहेका व्यक्ति भने बिहीबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महलअन्तर्गतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया