बाढीपहिरोका कारण बीमा कम्पनीहरूमा भुक्तानी दायित्व बढ्यो
२० निर्जीवन बीमा कम्पनीमा प-यो एक अर्ब ९२ करोडको मागदाबी
काठमाडौं ।
प्राकृतिक प्रकोपसँगै बीमा कम्पनीहरूको भुक्तानी दायित्व बढेको छ । बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार हालैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत बीमितहरूबाट २० वटै बीमा कम्पनीहरूसँग कुल एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रुपैयाँ मागदाबी परेको हो ।
विभिन्न कम्पनीहरूबाट संकलन गरिएको तथ्यांकअनुसार अविरल वर्षा सुरु भएयता अर्थात् यही असार २३ गते बुधबारसम्ममा विभिन्न शीर्षकमा एक सय ३१ वटा मागदाबी परेका छन् । ‘सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपक्षी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमाअन्तर्गत बीमितहरूबाट कुल तीन सय ३१ वटा बीमाको मागदाबी परेको हो’, प्रवक्ता पौडेलले भने ।
उनका अनुसार सबै निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल बीमा मागदाबीमध्ये एक सय ४१ वटा सम्पत्ति बीमाको बीमा मागदाबी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको मागदाबी चार करोड ७५ लाख ८७ हजार, पाँच वटा सामुद्रिक बीमाको मागदाबी १९ लाख ८१ हजार, छवटा कृषि बीमाको मागदाबी एक करोड ६२ लाख, पाँचवटा पशुपक्षी बीमाको मागदाबी दुई करोड ३८ लाख ५९ हजार र विविधतर्फ दुईवटा बीमाको मागदाबी एक करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
यसैगरी इन्जिनियरिङ बीमातर्फ हालैको बाढीपहिरोबाट क्षति भएका एक सय सात वटा निर्माणाधीन आयोजनाको मागदाबी ९० करोड सात लाख ३४ हजार, आठवटा निर्माणसम्पन्न आयोजना बीमाको मागदाबी ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्ट बीमाको मागदाबी आठ करोड ८४ लाख ३६ हजार र अन्य छवटा बीमाको मागदाबी एक करोड ५३ लाख तीन हजार रुपैयाँ रहेको पनि प्रवक्ता पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया