Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब नाघ्यो

फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब नाघ्यो

युनाइटेडको फाइनान्सको चुक्ता पुँजी सबैभन्दा बढी ललितपुरको सबैभन्दा कम


काठमाडौं । 
फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा उक्त अनुपातमा चुक्ता पुँजी पु-याएका हुन् ।

यस अवधिमा सबैभन्दा बढी चुक्ता पुँजी युनाइटेड फाइनान्स कम्पनीको रहेको छ भने सबैभन्दा कम चुक्ता पुँजी ललितपुर फाइनान्सको रहेको छ । युनाइटेडले कुुल एक अर्ब चार करोड आठ लाख ३४ हजार रुपैंयाँ चुक्त पुँजी कायम गर्दा ललितपुर फाइनान्सले जम्मा २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।

यसैगरी आईसीएफसी फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब दुई करोड ४२ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा मञ्जुश्री फाइनान्सले ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाइनान्सले भने यस अवधिमा क्रमशः ९६ करोड ३१ लाख ४५ हजार, ८९ करोड एक लाख ३४ हजार, ८६ करोड ७९ लाख ९३ हजार र ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

यसैगरी गुडविल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, सिर्जना फाइनान्स र रिलायन्स फाइनान्सले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः ८६ करोड ७२ लाख, ८६ करोड ४० लाख, ८४ करोड ७८ लाख ३८ हजार र ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । चालू आवको पछिल्लो अवधिमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पस फिनान्सले भने क्रमशः ८२ करोड ८९ लाख १३ हजार, ८० करोड १० लाख, ४० करोड ३८ लाख ६९ हजार र ४० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

यस अवधिमा जानकी फाइनान्स र नेपाल फाइनान्सले भने क्रमशः ६० करोड चार लाख ११ हजार र ३० करोड ५५ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । 

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया