काठमाण्डौँ,माघ ८
माघ ७ गतेसम्म चिनी उद्योगीसँग उखुु खरिदको पैसा उठाइदिने सम्झौता संघीय सरकारले किसानसँग गरे पनि किसानले पैसा पाउन सकेनन् । उखुुको पैसा पाउने आशामा किसानहरु रहे पनि मंगलबार कार्यालय सयमसम्म पनि चिनी उद्योगीले पैसा बैंकको खातामा नहालिदिएपछि किसानहरुको आशा निराशामा परिणत भएको छ ।गत पुस १८ गते उखुु किसानसँग माघ ७ गतेभित्र चिनी उद्योगीसँग बाँकी बक्यौता भुक्तानी दिलाइदिने विषयमा संघीय सरकारले सम्झौता गरेको थियो ।
चिनी उद्योगीहरुले किसानहरुलाई झण्डै एक अर्ब रुपैयाँ तिर्नुपर्नेछ । तर, किसानहरुले केही करोड मात्र पाएका छन् । त्यो पनि आन्दोलनमा उत्रिएका किसानहरुले मात्र थोरै रकम पाएका हुन् । चिनी उद्योगीले पैसा नदिएपछि उद्योग मन्त्रालयले केही चिनी उद्योगी खोजिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । सरकारसँग गत १८ गते सहमति भएपछि उखुु किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । पैसा नपाएपछि फेरि उनीहरुले आन्दोलन गर्ने तयारी गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया