Techie IT
×
गृहपृष्ठसमाचार२० करोड रुपैयाँको ट्रेजरी बिक्री

२० करोड रुपैयाँको ट्रेजरी बिक्री


काठमाडौं, माघ ८
नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरीबिल बिक्री गरिएको हो । जारी मिति माघ ८ तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए ।

बिक्री गरिएको उक्त ट्रेजरी९१ दिने अवधिको रहेको छ । राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ वैशाख ९ गते तोकिएको छ । यसअघि यही पुस २८ गते पनि राष्ट्र बैंकले १४ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको आठ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया