Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम


काठमाडौं । श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७ सय ५३ रोजगार सेवा केन्द्रका एक हजार पाँच सय छ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन क्षमता अभिवृद्धि प्रशिक्षण आयोजना गरिने भएको छ । पीएमईपीद्वारा आयोजित सो कार्यक्रम आईएलओ को सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सञ्चालन हुनेछ ।

पीएमईपी श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो, जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रमअन्तर्गत प्रत्येक सात सय ५३ स्थानीय तहमा एक रोजगार संयोजक र एक प्राविधिक सहयोगी कार्यरत छन् । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रालिले इलर्निङ प्लाटफर्ममार्फत कर्मचारीहरुलाई तालिम दिनेछ । स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि नतिजामा आधारित परियोजना व्यवस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीहरूलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै सशक्त बनाउन झन् प्रेरित गर्ने बताइएको छ ।

रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू र सञ्चारका सिद्धान्तहरूबारे तालिम दिने लक्ष्यका साथ दैनिक चार समूहमा विभाजन गरी १० दिनसम्म तालिम सञ्चालन गरिनेछ । जुलाई २० देखि २९ सम्म हरेक समूहले छ घण्टाको विस्तृत तालिम एवम् प्रशिक्षण पाउनेछन् । उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाइ र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरणलगायतका विषयहरु समावेश गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया