Techie IT
×
गृहपृष्ठसमाचारसभामुखमा सापकोटाको मात्र उम्मेदवारी

सभामुखमा सापकोटाको मात्र उम्मेदवारी


काठमाडौं, माघ ८

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मात्र उम्मेदवारी परेको छ । नेकपाका नेता अग्निप्रसाद सापकोटाले मात्र सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएका हुन् ।संघीय संसद्मा नेकपाको एकल बहुमत छ । नेकपाले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् । नेम्वाङ सभामुखका प्रमुख ताबेदार थिए । उनको मात्र उम्मेदवारी परेपछि संसदले १२ गते सभामुख सापकोटा भएको घोषणा गर्ने छ । सभामुख पदको निर्वाचन यही माघ १२ गते तोकिएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि उनले असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया