Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसुरमा फरार श्रेष्ठ पक्राउ


काठमाडौं । बैंकिङ कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार १४ लाख रुपैयाँ जरिवाना र तीन दिन कैद सजाय तोकिएकी फरार प्रतिवादी श्रेष्ठलाई सोमबार काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जानकारी दिएको छ ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिएको सीआईबीले जनाएको छ । उनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७७ चैत १ गते उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय हुने फैसला गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया