Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबासमती चामलको जीआई ट्याग पाउन भारत र पाकिस्तानबीच किन हानथाप ?

बासमती चामलको जीआई ट्याग पाउन भारत र पाकिस्तानबीच किन हानथाप ?


नयाँदिल्ली । गत वर्ष भारतले युरोपेली युनियन (ईयू)मा बासमती चामलको लागि भौगोलिक संकेत (जीआई) ट्याग पाउन आवेदन दिएको थियो । आफ्नो आवेदनमा भारतले बासमती चामल एक विशेष प्रकारको लामा दानावाला सुगन्ध दिने चामलको रुपमा व्याख्या गर्दै भारतीय उपमहाद्वीपको खास ठाउँमा यसको खेती गरिने गरिएको उल्लेख गरेको थियो ।

ईयूको आधिकारिक जर्नलमा सन् २०२० को सेप्टेम्बरमा छापिएको आलेखअनुसार बासमती चामलको ऐतिहासिक सुरुवात, वातावरणसम्बन्धी मुद्दा र उत्पादनको विशेषतासँगै यो आवेदनमा भनिएको छ, ‘ऐतिहासिक, परम्परागत, सांस्कृतिक र सामाजिक रुपबाट बासमती चामल भारतीय उपमहाद्वीपसँगै जोडिएको छ र यसबाट यसको अन्तर्राष्ट्रिय छवि निर्माण भएको छ । यसको लागि भारतलाई बासमती चामलको लागि जीआई ट्याग दिनुपर्छ ।’

पाकिस्तानको विरोध : तर भारतले बासमती चामलको लागि जीआई ट्याग माग गरेपछि पाकिस्तानले यसको जोडदार विरोध जनायो । उसले बासमती चामल पाकिस्तानमा पनि उत्पादन हुने बताएको थियो । भारतलाई बासमती चामलको जीआाई ट्याग दिएपछि पाकिस्तानले आफ्नो बासमती चामल निर्यातमा असर पर्नसक्ने र यसबाट आफ्ना किसानको जीविका नै प्रभावित हुनसक्ने बताएको थियो । तर दुई देशको यो विवाद एक वर्षपछि समाधानको दिशामा गएको छ । भारत र पाकिस्तान दुवैले बासमती चामलको जीआई ट्याग लिन र यसको संयुक्त स्वामित्व लिन सहमत भएका हुन् ।

के फाइदा ? जीआई ट्याग पाउनको लागि यो विवादका कारण यसका धेरै फाइदा बाहिर आउनथालेका छन् । कुनै उत्पादनको आफ्नो भौगोलिक इलाका दाबी गरेसँगै त्यो उत्पादनको विशेषताबारे जीआई ट्यागले भरोसा दिलाउँछ । भारतले ज्योग्राफिकल इन्डिकेसन (जीआई) अफ गुड्स रजिस्ट्रेसन एन्ड प्रोटेक्सन एक्ट १९९९ लागू गरी यस्ता उत्पादनमा आफ्नो हक बनाउन सुरु गरेको थियो । भारतसँग अहिले करिब तीन सय ७० जीआई रजिस्टर्ड उत्पादन रहेको छ । यो उत्पादन कृषि हेन्डिक्राफ्ट फुड वाइन र स्पेडका साथै म्यानुफ्याक्चर्ड क्याटेगोरीमा आउँछ ।

भर्खरैमात्र जीआई ट्यागमा मणिपुरको कालो चामल र गोरखपुरको टेराकोटा भी पनि सामेल भएको छ । सरकारी अधिकारीका अनुसार भारतीय बासमती चामलको लागि जीआई ट्याग मिलेसँगै युरोपेली संघलाई बासमती चामलको निर्यात करिब दुई गुणा वृद्धि भएको छ । बासमती चामलको भाउ प्रतिटन आठ सय ६८ अमेरिकी डलर छ । जब कि अरु चामलको भाउ प्रतिटन तीन सय ३७ अमेरिकी डलर मात्रै छ । जीआई ट्याग मिलेपछि बजारमा भारतीय बासमती चामलको नाममा बिकिरहेका दोस्रो उत्पादनलाई भने समस्या आउन सक्नेछ । नवभारत टाइम्सबाट भावानुवाद 


क्याटेगोरी : विश्व बजार, समाचार

तपाईको प्रतिक्रिया