Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरुको व्यापार उत्साहजनक

बीमा कम्पनीहरुको व्यापार उत्साहजनक

एक वर्षमै उठ्यो एक खर्ब ५१ अर्ब ४५ करोड शुल्क


काठमाडौं । विश्व महामारीका बाबजुद बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बढेको देखिएको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बढेको देखिएको हो । समितिले चालू आर्थिक वर्ष सुरु भएलगत्तै अर्थात् यही साउन १ गते सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुको स्थलगत अनुगमन गरेको थियो ।

नेपालमा हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी समेत गरी ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । यस क्रममा गत शुक्रबार गरिएको स्थलगत अनुगमनका क्रममा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा पनि अघिल्लो आवको तुलनामा गत आवमा १५ दशमलव ३५ प्रतिशतले वृद्धि देखिएको प्रवक्ता पौडेलले बताए ।

सोही आधारमा गत आर्थिक वर्षमा बीमा पुनर्बीमाबाहेकको ३९ बीमा कम्पनीहरुले कुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन । सोमध्ये जीवन बीमा कम्पनीहरुबाट कुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँबराबरको बीमा शुल्क आर्जन भएको उनको भनाइ छ । ‘अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा जीवन बीमातर्फको कुल बीमा शुल्कमा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमातर्फको कुल बीमा शुल्कमा १५ दशमलव ३५ प्रतिशतले वृद्धि देखिनु सबैको लागि सुखद पक्ष हो’, प्रवक्ता पौडेलले भने ।

उनका अनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जीवन बीमातर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँबराबरको बीमाको मागदाबी भुक्तानी दिन बाँकी छ । गत आर्थिक वर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएका छन् । 

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया