Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन

करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले भने, ‘थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।’

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मिहिनेत गर्नुपर्नेमा जोड दिए । ‘यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ, त्यो कुरा मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजस्व संकलनको लक्ष्य पूरा गर्न सकिँदैन’, उनले भने, ‘करदातामैत्री नीति कार्यान्वयनमा ल्याउनुप¥यो ।’ उनले प्रशासनिक झञ्झटहरु हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए । उनले भने, ‘कर तिर्नको लागि करदाताले वाक्कलाग्दो झञ्झट व्यहोर्नुपरेको सुन्ने गरेको छु, यो अवस्थाको अन्त्य गर्नुस् ।’

कर प्रशासनलाई करदातामैत्री बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको बताए । विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ थियो । ब्रिफिङको क्रममा मंगलबार राजस्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया