Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनतालाई सुरक्षा दिने प्रहरी आफैं असुरक्षित

जनतालाई सुरक्षा दिने प्रहरी आफैं असुरक्षित


सोलुखुम्बु, माघ ८

आम जनताको सुरक्षामा खटिने प्रहरी आफैँ असुरक्षित छ भन्दा पत्यार नलाग्ला । तर, यो कुनै कथा नभएर वास्तविकता हो । यो सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालयको भवन जीर्ण हँुदा नागरिकलाई सुरक्षा दिने प्रहरी आफँै असुरक्षित देखिएका छन् । करिब ४ वर्र्षअघि निर्माण गरिएको भवन चिराचिरा हँुदा प्रहरी आफैँ असुरक्षित भवनमा बस्न बाध्य भएका छन् । बाहिरबाट हेर्दा चिटिक्क देखिने भवन भित्र भने चिराचिरा परेको छ । भवनभित्र रहँदा आपूmहरू त्रासमा बस्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । भवन चिराचिरा हुँदा राति सुत्न पनि डरमर्दो अवस्था रहेको छ । सामान्य भूकम्प जाँदा पनि भवन भत्किन सक्ने अवस्थामा रहेको छ । विसं २०६७ साल असोज ६ गते वर्षा कन्ट्रक्सन प्रालिले ८८ लाख ४७ हजार नौ सय ५० रूपैयाँ ९७ पैसामा जिम्मा लिई निर्माण गरेको थियो । भवन गुणस्तरीय नभएको भन्दै ठेकेदारले पाउनु पर्ने रकम १९ लाख दुई हजार आठ सय ३४ केही समयका लागि रोकिएको भए पनि त्यसको विषयमा अहिले आपूmलाई कुनै पनि जानकारी नभएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जनाए ।

यो भवन प्रहरी प्रधान कार्यालय प्रहरी तथा शान्ति पुनः निर्माण आयोजना नक्साको आर्थिक सहयोगमा बनेको हो । करिब ५ वर्र्षमा निर्माण सम्पन्न भएको उक्त भवनमा मापदण्डविपरीतका कमसल सामग्री प्रयोग गरिएका कारण छोटो समयमा नै चिराचिरा भएको प्रत्यक्षदर्शी एवं स्थानीय रामप्रसाद बास्तोलाले बताए । स्थानीयले बारम्बार विरोध गर्दासमेत त्यसमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको भनाइ छ । प्रहरीको भवन चिराचिरा भएकाले आपूmले कुनै पनि कार्यक्रममा जाँदा भुकम्प गएको खण्डमा १५ मिनेटमा बजार प्रहरी देखिएन भने सबैभन्दा पहिले प्रहरीको उदारमा आउन आग्रह गर्ने गरेको इलाका प्रहरी कार्यालका प्रमुख सुरेन्द्र यादवको भनाइ छ । गुणस्तरहीन काम भएको स्थानीयले बारम्बार गुनासो गर्दासमेत ठेकेदार कम्पनीले बेवास्ता गरेकोे स्थानीय बताउँछन् । ठेकेदार कम्पनीको लापरबाहीलाई नियमनकारी निकायले समेत साथ दिएका कारण अहिले यो अवस्था सृजना भएकोे उनीहरूको आरोप छ । ठेकेदार र नियमनकारी निकायसमेत मिलेर आर्थिक अनियमितता गरेकै कारण भवन गुणस्तरहीन भएको स्थानीय जसकुमार राईको आरोप छ । आपूmहरूले गुणस्तहीन सामन प्रयोग गरिएको भन्दै बारम्बार पर्खालसमेत भत्काइएको भए पनि आपूmलाई ज्यान मार्ने सम्मको धम्की आएको राईले सुनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया