कैलालीमा २२ हजार हेक्टर वनक्षेत्र अतिक्रमण
धनगढी, माघ ८
कैलाली जिल्लाका विभिन्न स्थानमा करिब २२ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । २०६४ सालदेखि अहिलेसम्म जिल्लामा २२ हजार हेक्टरभन्दा बढी वन अतिक्रमण भएको र हरेक वर्ष अतिक्रमण हुने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय कैलाली जनाएको छ । २०७२÷०७३ सालमा जिल्लाको पहलमानपुर,अत्तरिया र बल्चौर इलाकामा पर्ने विभिन्न वनमा गरी २२ हजार हेक्टर वन अतिक्रमण भएको रामचन्द्र कडेँलले जानकारी दिए ।डिभिजन वन कार्यालय कैलालीको तथ्याङ्कअनुसार अत्तरिया इलाकाका विभिन्न स्थानमा १९ हजार ३३ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ । धनगढीमा इलाकामा पाँच हजार नौ सय ११ फूलबारी इलाकामा चार सय ४६, वल्मी इलाकामा तीन हेक्टर २५ बिघा र खानीडाँडा इलाकामा छ सय ८१ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । त्यस्तै चौमला इलाकामा नौ हजार एक सय आठ हेक्टर ७७ बिघा, पहलमानपुर इलाकाअन्तर्गत उदनसीपुरमा चार सय ४३, मसुरियामा एक हजार ५०, सुख्खडमा चार सय ८१, पहलमानपुर इलाकामा एक हजार नौ सय ७४ हेक्टर जग्गा अतिक्रमण भएको छ । बल्चौर इलाकाअन्तर्गत सुगरखालमा एक सय ६४ अमैरीमा चार सय ९१, जगतपुरमा चार हजार छ, रामपुरमा एक हजार तीन सय ५७ र साँढेपानीमा आठ सय ९८ हेक्टर ५० बिघा राष्ट्रिय वनक्षेत्र अतिक्रमणमा परेका छ ।
अतिक्रमित क्षेत्रको वस्तुगत स्थितिबारे बेला–बेलामा जिल्लामा रहेका सरोकारवालाई डिभिजन वन कार्यालयले अनुगमन गराउन लगे पनि काम अतिक्रमण क्षेत्र भने जस्ताको तस्तै छ । वनमा रहेको बजेट पनि अनुगमनको नाममा सकिन पुगेको छ । डिभिजन वन कार्यालयले वन क्षेत्रमा अतिक्रमित हटाउने अभियान सञ्चालन गर्दै आएको डिभिजन वन अधिकृत कँडेलले बताए । उनले भने कुनै पक्षले सहमति नजनाए डिभिजन वन कार्यालय अतिक्रमित क्षेत्र खाली गराउन पछि पर्दैन । अतिक्रमित गरेर बस्दै आएका बस्तीलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले प्रोत्साहन दिइरहेका छन् । अतिक्रमणकारीलाई अतिक्रमित क्षेत्र छोड्न भन्दै पटक–पटक सार्वजनिक सूचना जारी गरिए पनि अटेरी बनेको डिभिजन वन कार्यालयले जनाएको छ । अतिक्रमण हटाउने प्रयास गरिए पनि बजेटको अभावले समस्या भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया