पाम आयलको निकासी बन्दपछि उद्योगी मुरारका समस्यामा
विराटनगर, माघ ८
विराटनगरका विवादास्पद उद्योगपति प्रदीप मुरारकाले बन्द अवस्थामा रहेको उद्योगलाई सञ्चालनमा ल्याएर राम्रो कमाइ गर्न थालेका छन् । उद्योग संगठन मोरङका उपाध्यक्षसमेत रहेका विवादास्पद उद्योगी मुरारकाले विराटनगरको कटहरी गाउँपालिकामा सञ्चालन गरेको श्रीराम रिफाइन प्रोडक्टले लामो समयदेखि आन्तरिक राजस्व कार्यालयमा मूअक र आयकरको विवरण दाखिला नगराएका कारण राजस्वबाट उद्योगको सम्पूर्ण कारोबार रोक्का गरेको थियो । तर, उद्योगी मुरारकाले पाम आयल भारत निकासी सुरु भएसँगै आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी उद्योग सञ्चालन गरेर अपेक्षाभन्दा करोडौँ कमाउन सफल भएको स्रोतले बताएको छ । पाम आयल भारत निकासी हुनुअगाडि पनि उद्योगी मुरारकाले सञ्चालन गरेको उक्त उद्योगले उत्पादन गरेको सोयाविन खाने तेलमा न्यून गुणस्तर भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट आवश्यक कारबाही गरी मुद्दा दर्ताका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध भएको स्रोतले जनाएको छ ।
यसरी पटक–पटक विवादमा तानिएको श्रीराम रिफाइन उद्योगले लामो समयदेखि न्यून गुणस्तरको खाने तेल मिसावट गरी बिक्रीवितरण गरेको अभियोग लाग्ने गरेको रहस्यसमेत अहिले आएर खुलेको छ । तर, भारतले पाम आयलको निकासीमा सहजता गरेसँग बन्द उद्योग सञ्चालनमा ल्याएर उद्योगी मुरारकाले राम्रो कमाइ गरेका हुन् । पटक–पटक विवादमा तानिँदै आएका उनी उद्योग संगठन मोरङको कार्यसमितिमा आउँदा पनि व्यापकै आलोचित बन्नपुगेका उद्योगी हुन् ।
उनका सहोदर दाजु अशोक मुरारका पनि भ्याट तथा राजस्व चुहावटको अभियोग लागेपछि लामो समयदेखि फरार रहेका थिए ।, तर उनी पछिल्लो केही समययतादेखि विराटनगरमा सार्वजनिक भएका छन् । श्रीराम रिफाइन प्रोडक्टका सञ्चालक रहेका मुरारका पनि अहिले विराटनगरमा आलोचित बन्न पुगेका छन् । एउटै व्यक्तिबाट विभिन्न नामका फर्म तथा कम्पनी दर्ता गरी कारोबार गर्ने तर समयमा राजस्वमा विवरण दाखिला नगर्ने प्रवृत्ति उद्योगी मुरारकासँग भएको उद्योगीले नै जानकारी दिन थालेका छन् । स्रोतका अनुसार श्रीराम रिफाइन प्रोडक्टले सोयाविनको फ्लेवरमा गुणस्तरहीन तेल उत्पादन गर्नुका साथै उसको आर्थिक हिसाबकिताब पनि गोलमाल भएको रहस्य पाम आयलको भारत निकासी बन्द भएसँगै खुल्न पुगेको छ । पाम आयलको भारत निकासी बन्द भएसँगै मुरारकाको श्रीराम रिफाइनरी प्रोडक्टको उत्पादनसमेत अहिले पूर्णरूपामा बन्द भएपछि उनी समस्यामा परेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया