Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधबार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे ।

खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन सुझाव दिए । असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता समेत जनाए ।

मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे । छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताए । उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया