ठगी गरेको भन्दै राप्रपाका नेताविरुद्ध उजुरी
काठमाडौं, माघ ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटका नेता कमान सिंह लामाविरुद्ध विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । लामाविरुद्ध नुवाकोट मेगाङकी धनमाया तामाङले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी हुन् । लामाले नुवाकोट मेगाङका धनमाया तामाङ र कामी लामालाई बेलायत पठाउने भन्दै दुवै जनामार्फत नौ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका हुन् । लामाले उनीहरुलाई बेलायतमा रहेको एक होटलमा काम लगाइदिने भन्दै सात/सात लाख मागेको र उनीहरुले दुई जनाको गरी एकमुष्ट नौ लाख ५२ हजार रुपैयाँ दिएको पीडितहरुको भनाइ छ ।
लामाले विशिष्ट समूह अर्थात् युवराज पारस शाहको साथीहरु बेलायत जान लागेको र उनीहरुसँगै बेलायत पठाउने भन्दै ठगी गरेका हुन् । लामाले बेलायतमा शाहको भान्जाको होटेलका काम लगाइदिने बताएको पीडित तामाङले बताइन् । गत वर्षको मंसिर २२ गते बेलायत उडाउने भन्दै लाखौं रकम लिएका कमानसिंहले हालसम्म विदेश पठाउ नसकेको र पैसा समेत फिर्ता नदिएको भन्दै तामाङले प्रहरीमा उजुरी दिएकी हुन् । ‘मंसिर २२ गते बेलायत जानको लागि कागजात नपुगेको भन्दै नेता लामाले केही समयपछि उडाइदिने भन्दै सम्पर्क गरेका थिए तर त्यसपछि क्रमशः एक महिनासम्म भोलि भोलि भनेर उडाउन सकेनन्’, पीडित तामाङले भनिन् ।
सिंहले गत साउनको ३ गते पीडितहरुलाई रकम दिने भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए पनि बैंकमा जाँदा चेक बाउन्स भएको थियो । पीडित तामाङले भनिन्, ‘लामाले ००१०१०१०३३२२५५ नम्बरको खाता भएको नौ लाख ५२ हजार रुपैयाँकै इन्भेष्टमेन्ट बैंकको चेक दिएका थिए, बैंकमा जाँदा चेक बाउन्स भयो ।’ लगत्तै सिंहलाई सम्पर्क गरे पनि हालसम्म पीडितहरुले कुनै रकम फिर्ता नपाएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया