Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति विस्तार

चेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति विस्तार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बरअन्तर्गत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको विस्तार गरेका छन् ।

मल्लले समितिको सदस्यमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, विनय बस्नेत, युवराज श्रेष्ठ, खुम बहादुर सुवेदी, जनक राज कालाखेती, विक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्णलाई मनोनयन गरेका हुन् । उक्त समिति विस्तार कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भएकोले यस क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्ने बताए ।

यस समितिमा नेपालको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया