महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच सम्झौता
काठमाडौं, माघ ९
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अध्यक्ष भवानी राणाले आईएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भइरहेकोमा धन्यवाद दिँदै अब सञ्चालन हुन लागेको नयाँ परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसँगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताइन् ।
परियोजनाको लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा डीएफआईडीलाई धन्यवाद दिँदै महासंघ डीएफआईडीसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको धारणा प्रस्तुत गरिन् । सो अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले यस परियोजनाद्वारा सञ्चालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेशस्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले यो परियोजनाको कार्यान्वयनबाट व्यावसायिक वातावरण प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।
हस्ताक्षर कार्यक्रममा सहभागी भएका डीएफआईडी नेपाल अफिसका निजी क्षेत्र विकास सल्लाहकार रोबर्ट क्लाकले यो परियोजना सञ्चालनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै डीएफआईडीले नेपालको रोजगारी प्रवर्द्धन सीप विकासका क्षेत्रमा निजी क्षेत्रसँग मिलेर सहकार्य गर्न इच्छुक रहेको बताए । उक्त अवसरमा आईएलओका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले डीएफआईडीको आर्थिक सहयोगमा प्रदेश २ र प्रदेश ५ लाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले व्यवसायसम्बन्धी ऐन कानुनबारे जानकारी दिन र प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया