Techie IT
×
गृहपृष्ठbreakingगेस्ट हाउसबाट झण्डै २ किलो सुनसहित तीन भारतीय पक्राउ

गेस्ट हाउसबाट झण्डै २ किलो सुनसहित तीन भारतीय पक्राउ


काठमाडौं । एक किलो नौ सय ग्राम सुनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुको टोलीले सुनसहित तीन भारतीय नागरिकलाई बुधबार पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार भारतको राजस्थान घर भएका साकिर अली, अब्दुुल सतार र प्यार मोहम्मदलाई पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी उनीहरूले विभिन्न देशहरूबाट भन्सार छलेर अवैधरुपमा सुन चोरी पैठारी गरी काठमाडौं ल्याई कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

बुुधबार बिहान तीनै जनालाई पक्राउ गरिएको कोइरालाले बताए । उनका अनुसार काठमाडौंको सिनामंगलमा रहेको मिर्चेया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट तीनै जनालाई सुनसहित पक्राउ गरिएको हो । पक्राउलगत्तै उनीहरू बसेको कोठाको खानतलासी गर्दा कोठामा रहेको कालो रंगको सुटकेसमा सिल्भर रंगको पोलिस लगाएको सुनको रोल आठ थान, सुनको टुक्रा दुई थान र सुनको बिस्कुट आकारको पाता एक थानसहित एक किलो आठ सय ६६ ग्राम सुन बरामद भएको छ । उनीहरूको साथबाट भारतीय रुपैैयाँ एक लाख पाँच हजार पाँच सयबराबरको पाँच सय दरका दुई सय ११ थान भारतीय रुपैयाँ बरामद भएको छ । पक्राउ परेका तीन जनाउपर आवश्यक कारबाहीको लागि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया