Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभामा अपेक्षित परिणाम

राष्ट्रियसभामा अपेक्षित परिणाम


काठमाडौं, माघ १०
राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अपेक्षा गरिएअनुसार नै नेकपा–राजपा गठबन्धनले निर्वाचनमा विजय हासिल गरेको छ । प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन भए पनि अन्य प्रदेशमा नेकपाले एकल निर्वाचन जित हात पारेको हो । निर्वाचन आयोगका अनुसार बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणनाबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी १८ नयाँ अनुहार निर्वाचित भएका छन् । यसअघिका १८ जनाको दुई वर्षे कार्यकाल सकिएपछि बिहीबार नयाँ निर्वाचन भएको हो । १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचनबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पहिलोपटक निर्वाचित भएका छन् । आयोगका अनुसार इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, राधेश्याम पासवान, शेखर कुमार सिंह, मृगेन्द्र कुमार सिंह यादव, गंगा कुमारी बेलवासे, बेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जग प्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, माया प्रसाद शर्मा, शारदा देवी भट्ट र तारामान स्वाँर निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया