वैदेशिक रोजगारीमा जान साढे दुई लाख युवाले लिए श्रम स्वीकृति
काठमाडौं, माघ १२
खाडी देशदेखि अफ्रिकासम्म रोजगारीमा जाने भन्दै देशका साढे दुई लाख युवाहरुले श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्र छ जना युवाहरुले अफ्रिकी मुलुक नाइजेरिया जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार विश्वका ९१ मुलुकमा काम गर्न जाने भन्दै साढे दुई लाखभन्दा बढी युवाहरुले श्रम स्वीकृतिका लागि आवेदन दिएको जनाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को छ महिनामा विदेश जाने भन्दै दुई लाख ५० हजार एक सय ९२ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । दुई लाख ५० हजार एक सय ९२ जना युवाहरुमध्ये ८५ प्रतिशतभन्दा बढी युवाहरु खाडी मुलुकमा जाने भन्दै श्रम स्वीकृति लिएका छन् भने बाँकी युवाहरुले अमेरिका, युरोपदेखि लिएर अफ्रिकी मुलुकमा कामका लागि जाने भन्दै श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विशेषगरी नेपाली युवाहरु खाडी मुलुक तथा मलेसिया कामका लागि जाने गरेको पाइन्छ भने युरोप तथा एसियाका विकसित मुलुकमा समेत कामका लागि जाने गरेका छन् । विभागका सूचना–प्रविधि अधिकृत राजु श्रेष्ठका अनुसार व्यक्तिगत प्रयासमा आफैँ विदेश गएका, पहिले श्रम नलिई विदेश गएका र पछि श्रम लिएका, विदामा आएर गएका र नयाँ श्रम स्वीकृति लिने गरी छ महिनाको अवधिमा सो संख्याका युवाहरुले श्रम स्वीकृति लिएका हुन् । पछिल्लो छ महिनाका अवधिमा सबैभन्दा बढी मंसिर महिनामा करिब ५७ हजार र सबैभन्दा कम असोज महिनामा करिब १९ हजार जना युवाहरुले विदेश जाने भन्दै श्रम स्वीकृति लिएका छन् ।
चालू आवको पुस महिनामा मात्र विभिन्न क्षेत्रमा रहेका श्रम कार्यालयमार्फत ५२ हजार दुई सय २५ जना युवाहरुले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जसमा पुरुष ४८ हजार आठ सय ५८ जना र महिला तीन हजार तीन सय ६७ जना रहेका छन् । मंसिर महिनामा मात्र ५३ हजार दुई सय १५ जना पुरुष र तीन हजार पाँच सय ९५ जना महिला गरी कुल ५६ हजार आठ सय १० जना युवा तथाा कात्तिकमा ५१ हजार दुई सय ७४ जना (पुरुष ४७ हजार एक सय १६ जना र महिला चार हजार एक सय ५८ जना)ले श्रम स्वीकृति लिएका छन् ।
यस्तै असोजमा १८ हजार सात सय ७१ जना र भदौमा ३८ हजार सात सय चार जना गरी कुल ५७ हजार चार सय ७५ जना युवाहरुले विदेश जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् । असोज र भदौमा श्रम स्वीकृति लिने पुरुष र महिलाको संख्या क्रमशः १७ हजार छ सय सात जना र ३५ हजार पाँच सय ७६ जना तथा एक हजार एक सय ६४ जना र तीन हजार एक सय २८ जना छन् । यस्तै साउनमा २८ हजार नौ सय ५८ जना पुरुष र तीन हजार चार सय ५० जना महिला गरी कुल ३२ हजार चार सय आठ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् ।
यस्तै कोरिया जाने युवाहरुको संख्या भने चालू आवको साउनमा ३२ हजार पाँच सय ७७ जना, भदौमा एक हजार एक सय ४३ जना र असोजमा सात सय ११ जना रहेको छ । कात्तिकमा दुई सय २६ जना पुरुष र तीन जना महिला गरी कुल दुई सय २३ जना तथा मंसिरमा चार सय ४३ जना पुरुष र ४४ जना महिला गरी चार सय ८७ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनको लागि युवाहरुले काठमाडौंका साथै झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट समेत लिनसक्ने भए पनि त्यो प्रभावकारी रुपमा अघि बढ्नसकेको छैन ।
नेपालले हालसम्म सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि युवाहरु कामको खोजीमा सयभन्दा मुलुकमा जाने गरेका छन् । नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, जोर्डन, दक्षिण कोरिया र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ तर युवाहरु कामको खोजीमा युरोपदेखि अफ्रिकासम्म पुग्ने गरेका छन् । यस्तै श्रम स्वीकृति लिने युवाहरुमध्ये उच्च सीपयुक्त युवाहरुको संख्या भने अत्यन्त न्यून रहने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया