सुर्खेत, माघ १२
नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको सत्र सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति सुव्यवस्था, विपद उद्दार र व्यवस्थापन, भावी कार्य्दिशा, सुरक्षा चुनौती एवं रणनीति, देशभरको जघन्य अपराधको तुलनात्मक विश्लेषण, देशभरको समग्र अपराधको त्रिवर्षीय तथ्यांक विश्लेषण लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
यसैगरी प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको सक्रियतामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाविरुद्ध सञ्चालन गरिएको अभियान, राजस्वल छलीबाट भएको राजस्व संकलनको विवरण, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, भूमिगत सशस्त्र समूह र तिनका गतिविधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आतंकवाद, विपद् उद्धार र व्यवस्थापन, विपदबाट देशभर भएको मानवीय क्षतिको संख्यात्मक विवरण, समुदाय प्रहरी साझेदारी भएका गतिविधिहरु र यसअन्तर्गत सञ्चालित विद्यालय सम्पर्क कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रमहरु, कर्णाली प्रदेशका सुरक्षा चुनौतीहरू, यस वर्ष कर्णाली प्रदेशअन्तर्गत थप भएका प्रहरी इकाइ, समग्र सुरक्षा चुनौती र सुरक्षा रणनीतिलगायतका विषयमा समेत उनले जानकारी दिएका थिए ।
विभिन्न वक्ताहरु समेतले आआफ्नो प्रस्तुतीकरण गरेको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रमलगायतका विविध विषयमा छलफल, अन्तर्क्रिया र प्रस्तुतीकरण भएको थियो । शनिबार सम्पन्न हुने उक्त गोष्ठीको शनिबारको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, कर्णली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुख सचिव केवल प्रसाद भण्डारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति सरोज प्रसाद राणा, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, कर्णाली प्रदेशअन्तर्गतका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया