‘सरकारको योजनामा एक स्थानीय तह, एक नमूना विद्यालय’
कञ्चनपुर, माघ १२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहहरूमा कम्तीमा पनि एउटा नमूना विद्यालयका रूपमा स्थापित गर्ने सरकारको नीति रहेको बताएका छन् । यसअघि एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालयको अवधारणामा सरकारले काम गरिरहेको भए पनि अहिले त्यो कम हुने बताउँदै उनले अब एक स्थानीय तह, एक नमूना विद्यालय सरकारको योजना रहेको बताए ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा रहेको श्री जन नमूना माविको नमूना विद्यालय शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पोखरेलले सबै विद्यालयले आफ्नो गुरूयोजना बनाई कार्य गरे सरकारले नै नमूना घोषणा गरिरहनुनपर्ने बताए । सरकारले ल्याएको नयाँ शिक्षा नीति कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सबैले सकारात्मक सोचको विकास गर्नुपर्ने बताए । पोखरेलले कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्तरवृद्धिका लागि पहल गर्ने बताए ।
महाकाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र अन्य आवश्यक व्यवस्थापनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले सम्बन्धित निकायमा पहल गर्ने सकारात्मक संकेत देखाएका छन् । त्यस्तै, मन्त्री पोखरेलले शुक्रबार नै कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि स्थलगत अवलोकन गर्नुका साथै पुनर्वास जनता मावि र रामबुद्ध मावि तथा बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया