Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुल रेमिट्यान्समा खाडी मुलुकको योगदान ५० प्रतिशत

कुल रेमिट्यान्समा खाडी मुलुकको योगदान ५० प्रतिशत


सुरेश राउत
काठमाडौं, माघ १३
नेपालमा भित्रिने कुल रेमिट्यान्समा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्ससम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार खाडी मुलुकहरुबाट मात्र प्राप्त हुने कुल रेमिट्यान्सको ५० दशमलव तीन प्रतिशत रहेको छ ।

उक्त अवधिमा कुल तीन खर्ब ४९ अर्ब ७० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकोमा खाडी मुलुकअन्तर्गतको कतारबाट मात्र १७ दशमलव सात प्रतिशत अर्थात् ५३ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । भारतबाट भने नेपालमा भित्रिने कुल रेमिट्यान्सको १४ दशमलव दुई प्रतिशत अर्थात् ४३ अर्ब १६ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यूएईबाट भने चालू आवको चार महिनामा कुल रेमिट्यान्स रकमको १३ दशमलव चार प्रतिशत अर्थात् ४० अर्ब ८७ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । साउदी अरेबियाबाट १२ दशमलव पाँच प्रतिशत अर्थात् ३८ अर्ब १५ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ भने मलेसियाबाट नौ दशमलव सात प्रतिशत अर्थात २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकाबाट भने चालू आवको पछिल्लो चार महिनामा आठ दशमलव तीन प्रतिशत अर्थात् २५ अर्ब ४२ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यसैगरी जापानबाट सात दशमलव पाँच प्रतिशत अर्थात् २२ अर्ब ८७ करोड, कुवेतबाट तीन दशमलव आठ प्रतिशत अर्थात् ११ अर्ब ५२ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ भने बहराइनबाट दुई दशमलव नौ प्रतिशत अर्थात् आठ अर्ब ७९ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।

कोरियाबाट भने दुई प्रतिशत अर्थात् छ अर्ब १५ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । चालू आवको पछिल्लो चार महिनामा बेलायतबाट पनि कुल रेमिट्यान्स रकमको एक दशमलव सात प्रतिशत अर्थात् पाँच अर्ब चार करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अष्ट्रेलियाबाट भने सबैभन्दा कम अर्थात् शून्य दशमलव चार प्रतिशत अर्थात् एक अर्ब ३४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार अन्य मुलुकहरुबाट भने नेपालमा भित्रिने कुल रेमिट्यान्स रकमको पाँच दशमलव नौ प्रतिशत अर्थात् १८ अर्ब सात करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा भने नेपालले तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया