Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई


काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मत चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२औँ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

रोजगार मिडियामा आबद्ध भट्टराई यसअघि समाजको वरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), उपाध्यक्षमा रेशमराज पौडेल (मध्यान्ह दैनिक), महासचिवमा केशव भूल (नेपाल प्रेस), सचिवमा निर्मला घिमिरे (सेतोपाटी), कोषाध्यक्षमा मनुका कुँवर (रेडियो नेपाल) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान (क्लिकमाण्डु), अमिर लामा (आर्थिक प्लस), प्रवीन राउत (आर्थिक दैनिक) र सुरेन्द्र बजगाई (उकेरा)चयन भएका छन् भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खड्का, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया