Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा पाँच अर्ब रुपैयाँको ट्रेजरी बिक्री

राष्ट्र बैंकद्वारा पाँच अर्ब रुपैयाँको ट्रेजरी बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही भदौ २१ गते पनि राष्ट्र बैंकले छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति भदौ २९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएको राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिएको उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको ९१ दिने अवधिको रहेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ मंसिर २८ गते तोकिएको छ । यसअघि यही भदौ २१ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ गरी छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया