Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ नोट असोज ४ गतेबाट

नयाँ नोट असोज ४ गतेबाट


काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेबाट नयाँ नोटको सटही सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरमा नयाँ नोट सटही गरिदिने व्यवस्था गरिएको हो ।

अहिले कोभिड १९ को संक्रमण क्रमशः कम हुुँदै गएको र यो अवस्थामा अनावश्यक भीडभाड नहोस् भनेर छिट्टै नयाँ नोटको वितरण कार्य सुरु गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ । सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले अहिले नै दशैँ तिहारको लागि नयाँ नोट लगिसकेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणहरुले राष्ट्र बैंकका क्षेत्रीय तथा प्रादेशिक कार्यालय, केन्द्रीय कार्यालय, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुबाट नोट सटही गर्न सक्नेछन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया