Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ औद्योगिक करिडोरका तेल उद्योगीद्वारा कार्टेलिङ : चाडवाडमा तेलको मूल्य आकासियो

सुनसरी मोरङ औद्योगिक करिडोरका तेल उद्योगीद्वारा कार्टेलिङ : चाडवाडमा तेलको मूल्य आकासियो


विराटनगर । घर–घरमा चाडबाड भित्रिरहँदा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले बजारमा खानेतेलको मूल्य अस्वाभाविक रूपले वृद्धि गराएका छन् । उद्योगी तथा व्यापारीले चाडबाड नजिकिँदै गर्दा फेरि तेलको भाउ प्रतिलिटर ५० रूपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पाँच सय रूपैयाँसम्मले मूल्यवृद्धि गरेको कुरा व्यवसायीले जानकारी दिएका छन् ।

व्यवसायीका अनुसार तोरीको तेलको मूल्य लिटरमा एक सय ८५ रूपैयाँदेखि प्रतिकार्टुन चार सय ५० रूपैयाँसम्म बढेर आएको जानकारी दिएका छन् । जसअनुसार एक साताअघि प्रतिकार्टुन दुई हजार चार सय रूपैयाँमा पाइने तोरी तेलको मूल्य दुई हजार पाँच सय रूपैयाँसम्म पुगेर पछिल्लो समय प्रतिकार्टुन दुई हजार नौ सय रूपैयाँसम्म पुगेको कुरा खुद्रा व्यवसायीले बताएका छन । त्यसै गरी सनफ्लो तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बढेर २४ सय ५० रूपैयाँ पु¥याइएको कुरा व्यवसायीले बताएका छन् ।

यसरी देशभित्र एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा उद्योगीहरूले भारततर्फ खानेतेलको निकासी अर्बौंको गरेर नेपाली उपभोक्ताको ढाड सेक्ने काम हुँदा पनि सरकारले उद्योगीलाई नै संरक्षण गरेपछि अहिले बजारमा तेल उद्योगीले कार्टेलिङ गरेको गुनासो उपभोक्ताहरू गर्न थालेका छन् । एक खुद्रा व्यवसायीले भने एक वर्षमा तेलको मूल्य दोब्बर भएको छ, उपभोक्तालाई हरेक साता मूल्य बढ्यो भन्न पनि लाज लाग्ने अवस्था आएको भन्दै एक हप्ता पहिले प्रतिलिटर एक सय ४० देखि एकस सय ५० रूपैयाँ अधिकतम मूल्यमा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले दुई सय ८० रूपैयाँभन्दा माथि पु-याएर उद्योगीले खानेतेल बजार पठाएको जानकारी पनि ती व्यवसायीले गराएका छन् ।

अहिले केही सुनसरी मोरङ औद्योगिक करिडोरका तेल उद्योगीहरूले कार्टेलिङ गरेर तेलको कारोबार गरिरहेका कारण त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् । नेपालमा रहेका २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्यूनतम मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गर्ने गरेका कारण तेल उद्योगीको मनोमानीका कारण अहिले तेलको मूल्य स्थिर हुन नसकेको कुरा व्यवसायीले बताएका छन् । जसमध्ये सुनसरी मोरङ औद्योगिक करिडोरमा मात्र सातवटा तेल उद्योग सञ्चालनमा रहेको जानकारी पनि व्यवसायीले दिएका छन् । घरेलु कच्चा पदार्थमा आधारित स्वदेशी लगानीको उद्योगले न्यूनतम सामाजिक दायित्व समेत पूरा नगरी तेलमा नाफा कमाउने उद्देश्य मात्र राखेको हुँदा यो चाडबाडका समयमा नेपाली उपभोक्ता महँगीको मारमा पर्न बाध्य भएको करा उपभोक्तावादी समूहले बताएका छन् ।

नेपाली उद्योगीहरूले चालू आर्थिक वर्षको एक महिनामा मात्रै नेपालबाट भारततर्फ सूर्यमुखीको तेल नौ अर्ब रूपैयाँभन्दा बढी निर्यात गरेर मुनाफा कमाएको कुरा व्यवसायीले बताएका छन् । उद्योगीले आर्थिक वर्षको पहिलो एक महिनामा मात्र ७९ करोड १९ लाख २३ हजार रूपैयाँबराबरको ४० लाख १६ हजार तीन सय ७४ लिटर सूर्यमुखी तेल भारतमा बेची सकेर पनि हाम्रो बजारमा कार्टेलिङ गरी उद्योगीले मूल्यवृद्धि गरेको आरोप खुद्रा व्यवसायीले लगाएका छन ।

उद्योगीले नेपाली उपभोक्ता र बजारमाथि एक वर्षभित्रमा खानेतेलको मूल्य शतप्रतिशत वृद्धि गरेका छन् । उद्योगीले विदेशबाट तेलको कच्चापदार्थ प्रशस्त मात्रामा नेपाल भित्र्याई सकेको अवस्थामा खुला बजारमा मूल्य सस्तो हुनुपर्ने हो तर उद्योगीको मिलोमतोमा झनै मूल्य वृद्धि भएको कुरा खुद्रा व्यवसायी बताउँछन् । पछिल्लो क्रममा तेल उद्योगीहरूले बजारमा तेलको आपूर्ति मिलोमतोमा कम गराएरको कारण पनि मूल्य आकासिएको जानकारी व्यवसायीहरूले दिएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया