जुबु र लोखिम सदरमुकामसम्मको सडक सञ्जालमा जोडिए
महेन्द्र शाही
सोलुखुम्बु, माघ १३
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली र वडा नं ५ जुबुको बर्खुघाटस्थित दुधकोशी नदिमा ह्युमपाइप विच्छ्याइएपछि सिधा यातायात सञ्चालनमा आएको छ । स्थानीय सरकारको १८ लाख बजेटमा १६ वटा ह्युमपाइप खरिद गरी विच्छ्याइएपछि जुबु र लोखिम सडक सञ्जालले जोडिएको हो । सवारी सञ्चालनमा आएपछि त्यस भेगका स्थानीयले गाउँपालिकाको केन्द्र, सदरमुकाम सल्लेरी र आफ्नै जिल्ला हुँदै राजधानी आवतजावतका लागि सिधा सडक प्रयोग गर्न पाउने भएका छन् । दुधकोशीमा राखिएको ह्युमपाइपको शनिबार गाउँपालिका अध्यक्ष असिम राईले रिवन काटेर उद्घाटन गरे ।
उद्घाटनपछि वडा नं ४ जुबुस्थित जनकल्याण मावि परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष राईले अस्थायीरूपमै भए पनि हरेक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्न सफल भएको बताए । ह्युमपाइप हिउँदका लागि मात्र भएकाले दिगो समाधानका लागि आफ्नै कार्यकालमा बर्खुघाटमा मोटरेबल पुल बन्ने दाबी गरे ।
पुल निर्माण लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए । विकासमा पक्षपात नगरेको अध्यक्ष राईको भनाइ थियो । उनले भने, ‘जाति, पार्टी, भूगोल र क्षेत्रको आधारमा विकासमा विभेद गरिएको छैन् । सम्वृद्ध गाउँपालिकाको लागि स्थानीय सरकार र जनता मलेर विकासका क्रियाकलापमा होमन आवश्यक छ ।’ जनकल्याण माविलाई आवश्यक रहेको भवनका लागि अर्को वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा नं ४ का वडाअध्यक्ष नातिकाजी गुरुङले बर्खुघाटमा ह्युमपाइप राखिएपछि खोटाङ घुमेर राजधानीलगायतका क्षेत्रमा यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । उनले छिमेकी जिल्लाको उत्तरी भागमा आवतजावतका लागि पनि सहज भएको बताए । उनले भने, ‘अब गाउँपालिकाको केन्द्र हुँदै राजधानसम्म सिधा यातायात सञ्चालनका लागि व्यवसायीहरूसँग समन्वय गर्छौँ ।’
वडा नं ९ का वडाअध्यक्ष भुपालसिंह राईले बर्खुघाटमा ह्युमपाइप राख्नुले जनप्रतिनिधि र जनताको मनलाई जोडेको प्रतिक्रिया दिए । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै वडाअध्यक्ष राईले दुधकोशीले वारिपारि बनाएको भूगोल जोड्नु जनप्रतिनिधि र जनताको मन जोडिनुजस्तै भएको बताएका हुन् । गाउँपालिकाको केन्द्र र सल्लेरीसम्म गुडेर आउने वातावरण बनेपछि स्थानीयले सहज महसुस गरेका छन् । यसअघि घन्टौ लगाएर जुबु, लोखिम र मुक्लीको उकाली–ओराली गर्नुपर्ने बाध्यता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया