Techie IT
×
गृहपृष्ठसमाचारचीनमा १ खर्ब ३७ अर्ब डलर एफडीआई भित्रियो

चीनमा १ खर्ब ३७ अर्ब डलर एफडीआई भित्रियो


बेइजिङ, माघ १३
विश्वमा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देशमा चीन दोस्रो स्थानमा रहन सफल भएको छ । सन् २०१९ मा चीनले ५.८ प्रतिशतले एफडीआई बढाएको छ । गत वर्ष चीनले १ खर्ब ३७ अर्ब अमेरिकी डलर एफडीआई संकलन गरेको सिन्ह्वाले जनाएको छ । वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष चीनमा ४० हजार नयाँ व्यवसाय स्थापना भएका छन् । उपवाणिज्यमन्त्री क्वियान केमिङका अनुसार गत वर्ष ८ सय ३४ वटा १० करोड डलरमाथिको लगानीका परियोजनाहरु आएका छन् । जुन सन् २०१८ को तुलनामा १५.८ प्रतिशतले बढी हो । सिन्ह्वाका अनुसार बढीजसो लगानी हाइटेक क्षेत्रमा आएको थियो ।

उक्त क्षेत्रमा वर्षगत तुलनामा सन् २०१८ भन्दा २५.६ प्रतिशतले बढेको छ । यसमा कुल एफडीआईको २८.३ प्रतिशत हिस्सा छ । सन् २०१९ मा सिंगापुरबाट ५१.१ प्रतिशतले, नेदरल्यान्डबाट ४१.१ प्रतिशतले र दक्षिण कोरियाबाट २१.७ प्रतिशतले एफडीआई भित्रिएको छ । खासगरी पाइलट फ्रि ट्रेड जोन्सले लगानी आकर्षण बढाएको बताइएको छ । १८ वटा यस्ता क्षेत्रमा ६ हजार २ सय ४२ वटा विदेशी इन्टरप्राइजेज स्थापना भएको बताइएको छ । यस्ता क्षेत्रमा एफडीआई १ खर्ब ४३ अर्ब युआन भित्रिएको छ । यो भनेको कुलमध्ये १५ प्रतिशत लगानी हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया